काठमाडौंं । नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक शनिबारदेखि शुरु हुने भएको छ ।
बैठक ललितपुरको मेजेस्टिक ग्रेन्ड पार्टी पार्टी प्यालेसमा शनिबार बिहान ११ बजेदेखि शुरु हुने भएको । ११औं राष्ट्रिय महाधिवेशनपछि पुस ४ गते बसेको पहिलो केन्द्रीय कमिटीले नै दोस्रो केन्द्रीय कमिटी बैठक बस्ने मिति पुस २६,२७ र २८ गतेलाई तय गरेको थियो । सोही निर्णयअनुसार शनिबारदेखि दोस्रो केन्द्रीय कमिटी बैठक बस्न लागेको एमालेले जनाएको छ ।
बैठकमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तयारीका विषयमा छलफल हुने एमालेका एक नेताले बताएका हुन्।





प्रतिक्रिया दिनुहोस्