काठमाडाैं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ।
बिहीबार प्रतितोला २ हजार रूपैयाँले घटेको सुनको मूल्य शुक्रबार प्रतितोला २ हजार १ सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुनप्रतितोला २ लाख ६७ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको जनाएकाे छ। बिहीबार सुन प्रतितोला २ लाख ६५ हजार ७ सय रूपैयाँमा काराेबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य भने शुक्रबार घटेको छ। बिहीबार तोलामा ४ हजार ८ सय ३५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ४ हजार ७ सय ८० रूपैयाँमा कारोबार भइरहेको हाे। साेही मूल्य बिहीबारकाे तुलनामा प्रतितोला ५५ रूपैयाँ घटेको छ।
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुनप्रतिऔंस ४ हजार ४ सय ६५ अमेरिकी डलरमा कारोबार भइरहेको महासघले जनाएकाे हाे।





प्रतिक्रिया दिनुहोस्