काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकी राजदूत डीन आर थम्सनले आज राष्ट्रपति भवनमा बिदाइ भेट गर्नुभएको छ ।
राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार भेटवार्ता भएको हो ।
त्यस अवसरमा उनीहरूबीच नेपाल–अमेरिका सम्बन्धका साथै आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राजदूत थम्सनले केहीदिन अघि प्रधानमन्त्री सुशीला कार्कीसँग पनि बिदाइ भेट गर्नुभएको थियो ।





प्रतिक्रिया दिनुहोस्