काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँको गिरावट आएको जनाएकाे हाे । गिरावटसँगै बिहीबबबबार सुन प्रतितोला २ लाख ६५ हजार ७ सय रुपैयाँम काराेबार भइरहकाे छ। बुधबार प्रतितोला सुनको मूल्य ताेलामा २ लाख ६७ हजार ७ सय रुपैयाँमा भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि बिहीबार घटेको छ । चाँदी बिहीबार ताेलामा ४ हजार ८ सय ३५ रूपैयाँमा कारोबार भइरहेको छ। चाँदी बुधबार तोलामा ४ हजार ९ सय ३५ रूपैयाँमा कारोबार भएको थियाे। साेही मूल्य बुधबारकाे तुलनामा प्रतितोला १ सय रूपैयाँ घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुनप्रतिऔंस ४ हजार ४ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।





प्रतिक्रिया दिनुहोस्