Logo २५ पुस २०८२, शुक्रबार | Fri Jan 9 2026


टर्कीको तेल र ग्याँस उत्पादनमा अभूतपूर्व वृद्धि


624
Shares

एजेन्सी । टर्कीको ऊर्जा सुरक्षाको क्षेत्रमा सन् २०२५ एक ऐतिहासिक वर्ष सावित भएको छ ।

ऊर्जामन्त्री अल्पार्सलान बायरक्तारका अनुसार देशले तेल उत्पादनमा २६ प्रतिशत र प्राकृतिक ग्याँस उत्पादनमा ३९ प्रतिशतको विशाल फड्को मारेको हाे । यो वृद्धिले टर्कीको वार्षिक अर्बौं डलरको आयात भारलाई उल्लेख्य रूपमा कम गर्ने देखिएको छ । सन् २०२५ मा टर्कीको ऊर्जा क्षेत्रले एक ऐतिहासिक फड्को मारेको ऊर्जामन्त्री अल्पार्सलान बायरक्तारले बताउनुभयो । पछिल्लो प्रतिवेदन अनुसार टर्कीको तेल उत्पादनमा २६ प्रतिशत र प्राकृतिक ग्यास उत्पादनमा ३९ प्रतिशतको वृद्धि भएको छ ।

कूल ४७ दशमलव ९ मिलियन ब्यारेल तेल र ३दशमलव २ बिलियन क्यूबिक मिटर प्राकृतिक ग्याँस उत्पादनले देशको ऊर्जा सुरक्षामा नयाँ आयाम थपेको हाे । विशेष गरी २१ अप्रिल २०२५ मा दैनिक १० दशमलव २ मिलियन क्यूबिक मिटर ग्याँस उत्पादनको कीर्तिमानी रेकर्डले टर्कीलाई ऊर्जा आत्मनिर्भरतातर्फ द्रुत गतिमा अघि बढाएको पुष्टि गरेकाे छ।