काठमाडाैं। दार्चुलामा माटोको ढिस्कोले पुरिएर एक जना महिलाको मृत्यु भएको छ।
डिलासैनी गाउँपालिका-३ सिमार बस्ने २४ वर्षकी झुपा राना घर लिपपोतको लागि बुधबार माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारको लागी गोकुलेश्वर अस्पताल गोकुलेश्वर, दार्चुला लगिएको थियाे ।
तर उनकाे चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।





प्रतिक्रिया दिनुहोस्