काठमाडाैं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा २ लाख ६८ हजार ५ सय २६ मतदाता कायम भएका छन् ।
जिल्ला निर्वाचन कार्यालय नवलपुरले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उक्त संख्यामा मतदाता कायम भएकाे जनाएकाे हाे। जिल्लामा मतदातामध्ये पुरुषको संख्या १ लाख २९ हजार ५४, महिला १ लाख ३९ हजार ४ सय ६८ तथा यौनिक अल्पसङ्ख्यक ४ जना रहेका छन्। नवलपुरमा ८ वटा स्थानीय तह र २ निर्वाचन क्षेत्र रहेका छन् ।
कार्यालयले २०७९ मंसिरमा सम्पन्न निर्वाचनमा जिल्लामा कूल २ लाख ६० हजार ४ सय ६१ मतदाता थिए । तत्कालीन समयमा भन्दा अहिले ८ हजार ६५ मतदाता थपिएकाे निर्वाचन कार्यालय नवलपुरले जनाएकाे हाे ।





प्रतिक्रिया दिनुहोस्