काठमाडौं । हाल देशैभरी पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बिहीबार बिहान कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली हुने भएकाे हाे। साथै बाँकी पहाडी तथा हिमाली भू-भागमा भने मौसम मुख्यतया सफा रहेको छ। तराई भू-भागका केही स्थानहरूमा हुस्सु लागेका कारण जनजीवन प्रभावित भएकाे हाे ।
त्यस्तै, बिहीबार दिउँसो भने तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो लाग्ने भएकाे छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली हुने भएकाे हाे। साथै बाँकी पहाडी तथा हिमाली भू-भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएकाे छ।
त्यस्तै, बिहीबार राति भने तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु लाग्ने भएकाे हाे । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली हुने भएकाे छ। साथै बाँकी पहाडी तथा हिमाली भू-भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएकाे हाे।





प्रतिक्रिया दिनुहोस्