काठमाडौं ।
नेपाली कांग्रेसका राष्ट्रिय सभा उम्मेदवार सुनीलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।
कोशी प्रदेशबाट अन्य समूको उम्मेदवारी नभएपछि थापा निर्विरोध निर्वाचित भएका हुन्।
उनले उम्मेदवारी दिएको क्लस्टरमा अरू कसैको उम्मेदवारी नपरेको निर्वाचन कार्यालयले जनाएको छ ।
हाल औपचारिक रूपमा निर्वाचित घोषणा नभए पनि एकल उम्मेदवारीका कारण निर्विरोध भएको बताइएको छ ।
माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा एमालेबीच तालमेल भएको छ। सम्झौताअनुसार कांग्रेसले ९ सिट र एमालेले ८ सिट लिएका छन् ।





प्रतिक्रिया दिनुहोस्