काठमाडाैं ।
पछिल्ला दुई दिन उकालो लागेको शेयर बजार आज पुनः दोहोरो अंकले ओरालो लागेकाे छ ।
उतार चढावबीच बजार परिसूचक नेप्से १३ अंकले झरेर २६ सय ३५ कायम भएर थामियो । वित्त र व्यापार भिनो अंकले मात्र रातो रहेबाहेक बाँकी समूह ओरालो लागे । कारोबार पनि हिजोको तुलनामा खुम्चियो ।
होटल र उत्पादनमूलक समूहमा १ प्रतिशत माथिको गिरावट आउँदा बाँकी सामान्य दरले ऋणात्मक रहे । यसदिन नेपाल स्टक एक्सचेन्जमा ३ सय २३ स्टकको १ करोड कित्ता शेयर ५ अर्ब १८ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
यसमध्ये १ सय ८७ को मूल्य घट्दा जम्मा ६२ स्टकको बढ्यो । कारोबारका हिसाबले यसदिन पनि एसवाई प्यानलको सबैभन्दा उच्च करिब २७ करोडको शेयर किनबेच भएको पनि एक्सचेन्जले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्