Logo २४ पुस २०८२, बिहिबार | Thu Jan 8 2026


कांग्रेसले आगामी राष्ट्रियसभा निर्वाचनमा एमालेसहित ३ दलसँग गठबन्धन गर्ने


1.6k
Shares

काठमाडाैं। आगामी राष्ट्रियसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी मिलेर निर्वाचनमा प्रतिष्पर्धा गर्ने भएका छन् ।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बुधबारकाे बैठकले तीन वटा राजनीतिक दलहरु मिलेर राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रतिष्पर्धा गर्ने निर्णय गरेको हो । जसमा कांग्रेसले ९ सिट, एमालेले ८ र लोसपाले १ सिट लिएको कांग्रेसका नेता मिनबहादुर विश्वकर्माले जानकारी दिनुभयो । उहाँकाअनुसार कांग्रेसले प्राप्त गरेको ९ स्थानमा कोशीबाट सुनिल थापा, मधेशमा दलित र अल्पसंख्यक लिएको छ ।

अल्पसंख्यकमा रञ्जित कर्ण र दलितमा रौतहटका धमेन्द्र पासवानलाई अघि सारिएको बतउनुभयो । बागमती प्रदेशबाट गीता देवकोटा, गण्डकीबाट जगत तिमिल्सिना, लुम्बिनीबाट चन्द्रबहादुर केसी, वासुदेव जंगली, कर्णालीबाट ललितजंग शाही र सुदूरपश्चिमबाट खम्मबहादुर खाती रहेकाे उहाँकाे भनाइ छ।

नेपाली कम्युनिष्ट पार्टीले विभिन्न कुरामा असहमति जनाएपछि कांग्रेस र एमाले अघि बढेको नेता विश्वकर्माले बताउनुभयो