Logo २४ पुस २०८२, बिहिबार | Thu Jan 8 2026


कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि ९ जना उम्मेदवार टुंग्यायाे


1.6k
Shares

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि ९ उम्मेदवार टुंगो लगाएको छ ।

कांग्रेसकाे कार्यसम्पादन समितिको बुधबार बसेकाे बैठकले राष्ट्रियसभा निर्वाचनका लागि ९ जना उम्मेदवारको टुंगो लगाएको हो । जसअनुसार कोशी प्रदेशबाट सुनिलबहादुर थापा, मधेश प्रदेशबाट धमेन्द्र पासवान र सञ्जत कर्ण, बागमती प्रदेशबाट गीता देवकोटा, गण्डकी प्रदेशबाट जगत तिमल्सिना, लुम्बिनी प्रदेशबाट वासुदेव जंगली र चन्द्रबहादुर केसी, कर्णाली प्रदेशबाट ललितबहादुर शाही र सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खातीलाई उम्मेदवार बनाउने निर्णय भएको बैठकमा सहभागी एक नेताले बताएका छन् ।

नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालसँग भएको तालमेल सहमति अनुसार कांग्रेसका ९ जना उम्मेदवारले बुधबार नै उम्मेदवारी दर्ता गराउने कांग्रेसले जनाएकाे हाे।