Logo २४ पुस २०८२, बिहिबार | Thu Jan 8 2026


एमालेले राष्ट्रियसभा निर्वाचनका लागि नेतृ झाँक्रीसहित ६ जना उम्मेदवार टुंग्यायो


728
Shares

काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभाका लागि ६ जना उम्मेदवारको टुंगाे लगाएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले ६ जना उम्मेदवारको टुंगाे लगाएको एक नेताले बताएका हुन् । एमालेले कोशी प्रदेशमा रोशनी मेचेलाई उम्मेदवार बनाउने भएको छ । ती नेताका अनुसार रोशनी मेचे, प्रेम दंगाल, सम्झना देवकोटा, रामकुमारी झाँक्री, मिना रखाल र लीला भण्डारीलाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने तय भएको छ । राजनीतिक दलहरूबीच नेपाली कांग्रेस र एमालेले ७–७ सिट, नेपाली कम्युनिस्ट पार्टीले ३ सिट र जसपा नेपालले १ सिट लिने गरी सहमति भएको बताइएको छ । एमालेले ६ जना उम्मेदवार छाने पनि एक जना उम्मेदवार छान्न भने बाँकी रहेको जनाइएकाे छ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बुधबार देशैभरी उम्मेदवारहरूको मनोनयन पत्र दर्ता हुने भएको छ । निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचन गर्दैछ । राष्ट्रियसभामा रिक्त हुने कूल १८ सदस्यका लागि नर्विाचन हुन लागेको हो ।