Logo २४ पुस २०८२, बिहिबार | Thu Jan 8 2026


मध्य-अफ्रिकी गणतन्त्रको राष्ट्रपति पदमा टुआडेरा निर्वाचित


169
Shares

एजेन्सी। मध्य-अफ्रिकी गणतन्त्रका बहालवाला राष्ट्रपति फाउस्टिन-अर्काञ्ज टुआडेराले ७६ दशमलव १५ प्रतिशत मतका साथ राष्ट्रपति निर्वाचनमा पूर्ण बहुमत हासिल गर्दै विजय प्राप्त गर्नुभएकाे छ।

राष्ट्रिय निर्वाचन प्राधिकरण (एएनई) ले सार्वजनिक गरेको नतिजा अनुसार टुआडेराले साेही सफलता हात पार्नुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी पूर्वप्रधानमन्त्री एनिसिट–जर्जेस डोलोगुएलेले १४ शदमलव ६६ प्रतिशत मत प्राप्त गरी दोस्रो स्थान हासिल गर्नुभयो । अर्का पूर्वप्रधानमन्त्री हेनरी-मारी डोन्ड्राले ३दशमलव १९ प्रतिशत मत प्राप्त गर्नुभएकाे छ। नतिजाका आधारमा एएनईका अध्यक्ष मथियास बार्थेलेमी मोरुबाले युनाइटेड हट्र्स मुभमेन्टका उम्मेदवार टुआडेरा गणतन्त्रको राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गर्नुभयो।

सन् २०२५ डिसेम्बर २८ तारिखमा सम्पन्न भएको पहिलो चरणको राष्ट्रपति निर्वाचनको नतिजा अनुसार कूल दर्ता भएका २३ लाख ९२ हजार ९ सय ४६ मतदाता मध्ये १२ लाख ५४ हजार ३ सय ७६ जनाले मतदान गरेका थिए । जसले ५२ दशमलव ४२ प्रतिशत मतदान दर प्रतिनिधित्व गर्दछ।

बदर मत ४० हजार २ सय ३१ र खाली मत ३९ हजार ३ सय ८६ रहेकाे थियाे ।