Logo २४ पुस २०८२, बिहिबार | Thu Jan 8 2026


अमेरिकाले भेनेजुएलाविरूद्ध गरेको सैन्य कारबाहीप्रति चीनकाे भत्र्सना


663
Shares

एजेन्सी । चीनले राष्ट्रसंघीय सुरक्षा परिषद्को आपतकालीन बैठकमा भेनेजुएलाविरुद्ध अमेरिकाले गरेको सैन्य कारबाहीको भत्र्सना गरेको छ ।

चिनियाँ प्रतिनिधिले अमेरिकी कदमलाई एकतर्फी, अवैध र बलमिच्याइँपूर्ण भन्दै गहिरो असन्तुष्टि व्यक्त गरेका हुन् । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को आपतकालीन बैठकमा सोमबार एक चिनियाँ दूतले भेनेजुएलाविरुद्धको अमेरिकी सैन्य कारबाहीको निन्दा गरेका छन् । संयुक्त राष्ट्रसंघका लागि चीनको स्थायी नियोगका कार्यवाहक प्रमुख सुन लेईले चीन संयुक्त राज्य अमेरिकाको एकतर्फी, अवैध र बलमिच्याइँपूर्ण कार्यहरूबाट गहिरो रूपमा स्तब्ध भएको बताउनुभयो ।

चीनले सधैं अन्तर्राष्ट्रिय कानून र सम्बन्धित देशको सार्वभौमिकताको सम्मान गर्नुपर्नेमा जोड दिँदै आएको उहाँको भनाइ छ ।