एजेन्सी। इरानको परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले संयुक्त राज्य अमेरिकालाई भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई तत्काल रिहा गर्न आग्रह गर्नुभएकाे छ।
उहाँले वासिङ्टनको यस कदमलाई गैरकानूनी र भेनेजुएलाको सार्वभौमसत्ताविरुद्धको कार्य भनी भत्र्सना गर्नुभएकाे हाे । तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा बोल्दै उहाँले भेनेजुएलामा अमेरिकी सैन्य कारबाहीपछि मादुरो र उनकी पत्नीलाई अपहरण गरिएको आरोप लगाउँदै यो कार्य अन्तर्राष्ट्रिय कानूनको ठाडो उल्लंघन भएको बताउनुभयाे ।
उहाँले संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरूलाई अन्तर्राष्ट्रिय कानूनको गम्भीर उल्लंघनको विरुद्धमा प्रतिक्रिया जनाउन आग्रह गर्दै यस्ता व्यवहारहरू नरोकिने चेतावनी समेत दिनुभयाे । अमेरिकी सेनाले गत शनिबार भेनेजुएलामा आक्रमण गरी मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएर अमेरिका पुर्याएको छ।





प्रतिक्रिया दिनुहोस्