Logo १६ चैत्र २०८२, सोमबार | Tue Mar 31 2026


टर्कीमा २ सय २३ जना संदिग्ध प्रहरीकाे नियन्त्रणमा


169
Shares

एजेन्सी। टर्कीमा असफल सैन्य विद्रोह (कू) सँग संलग्न भएको आरोपमा देशैभरी सञ्चालित अभियानका क्रममा २ सय २३ जना संदिग्धहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

टर्कीका आन्तरिक मामिलामन्त्री अली येर्लिकायाले मंगलबार पछिल्लो २० दिनमा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको बताउनुभएकाे हाे। उहाँले उक्त कारबाही गुलेन मुभमेन्टको गोप्य संरचनाहरूमा संलग्न रहेका व्यक्तिहरूलाई लक्षित गरी गरिएको बताउनुभयो । जसमा गुप्त सञ्चार र वित्तीय सहयोग गतिविधिहरू समावेश छन् । उहाँका अनुसार ८७ संदिग्धहरूलाई प-क्राउ गरिएको हाे । ५० जनालाई न्यायिक निगरानीमा राखिएको छ ।

मन्त्री येर्लिकायाले बाँकी व्यक्तिहरूका लागि कानूनी प्रक्रियाहरू हाल जारी रहेकाे बताउनुभयाे।