Logo २५ पुस २०८२, शुक्रबार | Fri Jan 9 2026


बागलुङ महोत्सवमा ८ करोड रूपैयाँको कारोबार


91
Shares

काठमाडाैं । उद्योग वाणिज्य संघ बागलुङको आयोजनामा भएको बागलङ महोत्सवमा ८ करोड रुपैयाँको कारोबार भएको छ ।

संघले साेही महोत्सवमा करिब ४ लाख दर्शकले अवलोकन गरेकाे जनाएकाे हाे। बागलुङ नगरपालिका–१ स्थित बाङ्गेचौर खेल मैदानमा यहि पुस ११ गतेदेखि शुरु भएको महोत्सव पुस २२ गतेसम्म सञ्चालन गरिएको थियो ।

महोत्सवमा विभिन्न व्यावसायिक स्टल साथै, स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेर ‘मेड इन बागलुङ’ नाम दिएर वागलुङमा उत्पादन हुने वस्तुको बिक्री वितरण तथा प्रदर्शन निकै महत्त्वपूर्ण रहेको संघले जनाएकाे छ।