विराटनगर ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिमण्डल पुनर्गठन गरेका छन् ।
पुनर्गठन गरिएको मन्त्रिमण्डलमा भौतिक पूर्वाधार मन्त्रीमा प्रदीप कुमार सुनुवार, पर्यटन मन्त्रीमा भीम पराजुली, खानेपानीमन्त्रीमा तिलचन पाठक, आन्तरिक मामिलामन्त्रीको जिम्मेवारी इन्द्रमणि पराजुलीलाई दिइएको छ ।
यस्तै आर्थिक मामिलामन्त्री मन्त्री विदुर कुमार लिंथेप, सामाजिक विकास मन्त्री रामप्रसाद महतो, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बु, उद्योगमन्त्री इस्राइल मन्सुरी र आन्तरिक मामिला राज्यमन्त्री उमाकान्त गौतम र भौतिक पूर्वाधार राज्यमन्त्रीमा शोभा चेम्जोङ नियुक्त भएका भएका छन् ।
योसंगै कोशी प्रदेश सरकार ११ सदस्यीय बनेको छ । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरुलाई प्रदेश प्रमुख पर्शुराम खापुङले सपथ समेत गराउनु भएको छ ।





प्रतिक्रिया दिनुहोस्