काठमाडाैं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा संवेदनशील क्षेत्रहरूमा लागू कर्फ्यू आदेश पुनः थप गरेकाे छ।
प्रशासनले शान्ति सुरक्षा अवस्था अझै सामान्य हुन नसकेको भन्दै कर्फ्यू अवधि बढाएको जनाएकाे हाे । मंगलबार दिउँसो एक सूचना जारी गर्दै प्रशासनले मंगलबार साँझ ६ बजेसम्म कर्फ्यू रहने जानकारी गराएको छ । मंगलबार दिउँसो १ बजेसम्मका लागि लागू गरिएको कर्फ्यू अवधि साँझ ६ बजेसम्म निरन्तरता दिइएको प्रशासनले जनाएकाे हाे ।
प्रशासनका अनुसार सम्भावित अवाञ्छित गतिविधि रोक्न र सार्वजनिक सुरक्षालाई सुनिश्चित गर्न कर्फ्यू अवधि थपिएको छ । यसअघि सोमबार साँझ वीरगञ्ज महानगर क्षेत्रमा मंगलबार बिहान८ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको थियाे।





प्रतिक्रिया दिनुहोस्