काठमाडाैं। नेकपा एमालेका नेता बृजेश कुमार गुप्ताले पार्टी परित्याग गर्नुभएकाे छ।
नेता गुप्ताले कपिलवस्तुबाट ४ पटकसम्म संघीय सांसद जित्नुभएकाे थियाे । गत भदौ २३ र २४ को जेनजी आन्दोलनमा पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले युवा विद्यार्थीको सुशासन लगायतका जायज मागलाई नजर-अन्दाज गरेर आन्दोलनमा दमन गरेको उहाँकाे आराेप लगाउनुभएकाे छ। दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस-एमाले मिलेर जे गरे पनि हुन्छ भन्ने दम्भ देखाएको र एमाले नेतृत्व सुध्रिने लक्षण नदेखेपछि पार्टी परित्याग गरेको नेता गुप्ताले बताउनुभयाे ।
पूर्वसंघीय मन्त्री समेत रहेका गुप्ताले एमालेको नेतृत्वको मुख्य ध्यान नै भ्रष्टाचारलाई संरक्षण गर्ने देखिएको आरोप समेत लगाउनुभएकाे छ । पार्टी नेतृत्वको ध्यान, गतिविधि, संस्कार भ्रष्टाचार गर्ने र भ्रष्टाचारी जोगाउने तर सुशासन नदिने देखिएका कारण पार्टी छाेड्न बाध्य भएकाे उहाँकाे दावी छ। नेतृत्वमा राम्रा कामको जस लिने तर गल्ती कमजोरी कहिल्यै नस्वीकार्ने पटक-पटक देखिएपछि राजीनामा दिएको समेत उहाँले जानकारी गराउनुभयाे।
नेता गुप्ताले आफू भारतमा रहेकै समयमा पार्टीबाट राजीनामा दिएको र महाधिवेशनमा पनि नगएको समेत बताउनुभएकाे छ ।





प्रतिक्रिया दिनुहोस्