Logo २३ पुस २०८२, बुधबार | Wed Jan 7 2026


सुनचाँदीको मूल्यमा आज पनि उकालाे यात्रा कायमै

सुनप्रतिताेला कतिमा हुँदैछ काराेबार ?

1.5k
Shares

काठमाडाैं। नेपाली बजारमा मंगलबार पनि सुनचाँदीको मूल्यले उकालाे यात्रा तय गरेकाे छ।

सोमबार प्रतितोला ४ हजार ६ सय रूपैयाँ र मंगलबार ३ हजार १ सय रूपैयाँ गरी २ दिनमा सुनको मूल्य प्रतितोला ७ हजार ७ सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुन प्रतितोला २ लाख ६८ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको जनाएकाे छ। सोमबार सुनप्रतितोला २ लाख ६५ हजार रूपैयाँमा काराेबार भएको थियो।

त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी चाँदी मंगलबार ४ हजार ८ सय ८० रूपैयाँमा कारोबार भइरहेको हाे। सोमबार तोलामा ४ हजार ६ सय ८५ रूपैयाँमा कारोबार भएको थियाे । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १ सय ९५ रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुनप्रतिऔंस ४ हजार ४ सय ६८ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।