Logo २३ पुस २०८२, बुधबार | Wed Jan 7 2026


एमालेकी एकल उम्मेदवार सिफारिस हुने एक मात्र महिला नेतृ मञ्जु चालिसे


2k
Shares

काठमाडौं । देशैभरी नेकपा एमालेबाट प्रतिनिधि सभाका लागि उम्मेदवार सिफारिस भइरहँदा एकल नाम सिफारिसमा पर्नेमा मन्जु शर्मा चालिसे एक मात्र महिला बन्नुभएकाे छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ निर्वाचन क्षेत्रमा एकमात्र उम्मेदवार सिफारिसमा पर्दा मञ्जु बाहेक अरु सबै पुरुष नेता छन् । एमाले केन्द्रीय सदस्यसमेत रहेकी मञ्जु शर्मा बागलुङ क्षेत्र नम्बर २ बाट एकल सिफारिसमा परेकी हुन् । एमाले क्षेत्रीय समन्वय कमिटी-२ को सम्पन्न बैठकले चालिसेको नाम सर्वसम्मत सिफारिस गरेको हाे। क्षेत्रीय समन्वय कमिटिका संयोजक तथा जिल्ला उपसचिव करमती पुनको अध्यक्षतामा बसेको बैठकले उमेदवारका लागि दावी गरेकाहरुसँगको परामर्शपछि चालिसेको नाम एकल रुपमा सिफारिस गरेको छ।

चालिसे २०७९ सालको संसदीय निर्वाचनमा सोही क्षेत्रबाट एमालेको उम्मेदवार बनेर तत्कालीन गठबन्धनका नेपनली कांग्रेस र नेकपा माओवादी केन्द्रकाे गठबन्धनका उम्मेदवार देवेन्द्र पौडेलसँग थोरै मतले पराजित हुनुभएकाे थियाे ।