Logo २३ पुस २०८२, बुधबार | Wed Jan 7 2026


चिसाे बढेसँगै देशका विभिन्न जिल्लामा विद्यालय बन्द


182
Shares

काठमाडाैं । कञ्चनपुरका ३ वटा पालिकाहरुले विद्यालयको पठनपाठन बन्द गरेका छन् ।

अत्यधिक चिसो बढेपछि पालिकाले विद्यालयको पठनपाठन बन्द गरेका हुन् । चिसो बढेर विद्यालयमा बालबालिकालाई पठनपाठनमा समस्या हुन थालेपछि लालझाडी गाउँपालिका, बेलौरी नगरपालिका र बेल्डाँडी गाउँपालिकाले विद्यालय बिदा गरेका छन् । चिसाेले बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएको स्थानीयवासीले बताएका छन् ।

चिसो बढेसँगै पालिकाले सामुदायिक तथा संस्थागत विद्यालयको पठनपाठन बन्द गराएका हुन् । यहाँको बेल्डाडी गाउँपालिकाले सामुदायिक तथा संस्थागत विद्यालय सोमबारदेखि ३ दिनका लागि बिदा दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । त्यसैगरी, अत्यधिक चिसाेका कारण विद्यार्थी, शिक्षक र कर्मचारीको स्वास्थ्यमा पर्ने असरलाई मध्यनजर गरी यहि पुस २५ गतेसम्म चिसाेकाे बिदा गरिएको बेलौरी नगरपालिकाले जनाएकाे छ।