एजेन्सी। भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले सोमबार न्यूयोर्कको एक अदालतमा आफ्नो पहिलो उपस्थितिमा सबै अमेरिकी आरोपहरूमा आफू निर्दोष रहेको बताउनुभएको छ ।
अदालतभित्र रहेका सञ्चारकर्मीहरूका अनुसार मादुरोले अदालतलाई आफू निर्दोष रहेकाे र कुनै अपराध नगरेको दावी गरेका हुन्। मादुरोले आफूलाई काराकासस्थित आफ्नै घरबाट अप-हरण गरिएको र अझै पनि आफू भेनेजुएलाको राष्ट्रपति नै भएको बताएका छन्।
राष्ट्रपति मादुराेविरुद्धको यस मुद्दाको अर्को सुनुवाइ आगामी मार्च १७ तारिखका लागि तय गरिएको छ।





प्रतिक्रिया दिनुहोस्