Logo २७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026


एकैदिन कागजपत्र नभएका १६ वटा सवारी-साधन प्रहरीकाे नियन्त्रणमा


754
Shares

काठमाडौं । रौतहटमा विभिन्न स्थानमा गरेको सवारी साधन चेकजाँचका क्रममा एकैदिनमा शंकास्पद अवस्थाका १६ वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहट र मातहतबाट खटिएको चेकिङ टोलीले जिल्लाका विभिन्न स्थानमा सवारी साधन चेकजाँच गर्दा कागजपत्र नभएको ४ वटा जिप र १२ वटा मोटरसाइकल नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएका सवारी साधनलाई आवश्यक कारबाहीका लागि प्रहरी कार्यालय रौतहटमा ल्याई थप अनुसन्धान भइरहेको जनाइएकाे छ।

प्रहरीका अनुसार सवारी साधनका कागजात, प्रयोगको अवस्था तथा अन्य शंकास्पद पक्षकाे बारेमा अनुसन्धान जारी रहेको छ। पछिल्लो समय रौतहटमा चोरीको सवारी साधन बढ्दै गएको विशेष सूचनाको आधारमा प्रहरीले चेकजाँच अभियान चलाएको प्रहरीले बताएकाे हाे।