Logo २३ पुस २०८२, बुधबार | Wed Jan 7 2026


गण्डकीसहित ४ प्रदेशका उच्च पहाडी र हिमाली भू-भागमा वर्षा-हिमपातको हुने

मधेश प्रदेशमा भने हुस्सु र कुहिरोका जनजीवन कष्टकर

507
Shares

काठमाडौं । हाल देशैभरी पश्चिमी वायूको आंशिक प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

त्यस्तै, मंगलबार दिउँसो भने तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने भएका कारण जनजीवन प्रभावित हुने भएकाे हाे। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बदली हुने भएकाे छ। साथै बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने भएकाे हाे। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा-हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएकाे छ।

त्यस्तै, मंगलबार राति भने तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु लाग्ने भएकाे हाे । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बदली हुने भएकाे हाे। साथै बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने भएकाे छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा-हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएकाे हाे।