Logo २३ पुस २०८२, बुधबार | Wed Jan 7 2026


एमालेको केन्द्रीय सचिवालयको बैठक आज बस्दै

बैठकमा आगामी निर्वाचनकाे बारेमा छलफल गरिंने

130
Shares

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक मंगलबार बस्ने भएको छ।

साेही बैठक मंगलबार बिहान ९ बजे पार्टीकाे केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएकाे हाे । एमालेका सचिव भानुभक्त ढकालले समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रियसभा र प्रतिनिधिसभाको निर्वाचन र पार्टीको दोस्रो केन्द्रीय कमिटीको बैठक तयारीको बारे छलफल गर्न बैठक बस्न लागेकाे बताउनुभयाे।

एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक यहि पुस २७ देखि २९ गते काठमाडौंमा बस्ने भएको छ।