काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखक साेमबार राति राष्ट्रियसभा निर्वाचनको चुनावी तालमेलको विषयमा छलफल गर्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास गुण्डु पुगेका छन् ।
उनीहरूले साेमबार बिहान पनि त्यहीं पुगेर अध्यक्ष ओलीसँग भेटवार्ता गरेकाे थिए । कांग्रेस केन्द्रीय कार्यालयबाट बाहिरिँदा नेता लेखकले साेमबार साँझ अध्यक्ष ओलीसँग पुनः भेटवार्ता हुने बताउनुभएकाे थियाे। आगामी माघ ११ गते राष्ट्रिय सभाका १८ सिटका लागि निर्वाचन हुने भएकाे छ। जसमा कांग्रेसले ८ सिट दाावी गरेको कार्यवाहक सभापति खड्काले बैठकमा ब्रिफिङ गर्नुभएकाे हाे।
यहि पुस २३ गते उम्मेदवारी दर्ताको कार्यतालिका रहेकाले क्लस्टर र प्रदेशगत भागबण्डा मिलाउन कांग्रेस, एमाले र नेपाल कम्युनिष्ट पार्टीका दोस्रो तहका नेताबीच छलफल भइरहेको छ।





प्रतिक्रिया दिनुहोस्