Logo २२ पुस २०८२, मंगलबार | Tue Jan 6 2026


उदयपुरमा ट्याक्टर दुर्घटना २ को मृत्यु २ घाइते


195
Shares

काठमाडौं ।

उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

त्रियुगा नगरपालिका–७ होक्सेमा पर्ने मदनभण्डारी लोकमार्गमा सिमेन्ट घोल्ने मिक्चर जडान भएको ट्याक्टर दुर्घटनामा परेको हो ।

ट्याक्टरमा सवार त्रियुगा नगरपालिका–६ जलजलेका ४३ वर्षीय राजा हुसेन अली र सोही वडाको मोहनपुर बस्ने २६ वर्षीया आशा सदाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि गम्भीर घाइते उनीहरुको जिल्ला अस्पताल उदयपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा दुइ जना सामान्य घाइते भएका छन् । दुर्घटनालगतै ट्याक्टर चालक त्रियुगा–६ बगरटोलका ३० वर्षीय मनोज साह भने फरार भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।