Logo २३ पुस २०८२, बुधबार | Wed Jan 7 2026


भक्तपुरको मध्यपुर थिमीमा घरभित्र एक जना मृत फेला


6.3k
Shares

काठमाडाैं ।

भक्तपुरकाे मध्यपुर थिमी नगरपालिका–६ राईटोलस्थित घरभित्र एक पुरुष मृत फेला परेका छन् ।

प्रहरीले आज दिउँसो करिब ४ बजेर १३ मिनेटमा घटनाबारे जानकारी प्राप्त गरेको जनाएको छ। प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट घरभित्र मृत्यु भएको र आत्महत्याको आशंका गरिएको छ। घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

हाल मृतकको पहिचान खुल्न बाँकी रहेको छ। साथै घटनाको कारण र अन्य सम्बन्धित पक्षबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले अनुसन्धान जारी रहेको र विस्तृत जानकारी पछि सार्वजनिक गरिने बताएको छ।