Logo २२ पुस २०८२, मंगलबार | Tue Jan 6 2026


नाइजेरियामा आक्रमण ३७ जनाकाे मृत्यु


182
Shares

काठमाडौं ।

अफ्रिकी देश नाइजेरियामा बन्दुकधीरीहरुको आक्रमणमा कम्तीमा ३७ जनाको मृत्यु भएको छ ।

उत्तरी नाइजेरियाको एउटा गाउँमा आक्रमण हुदाँ थुप्रै मानिस घाइते भएको र कयौंलाई बन्धुकधारीहरुले अपहरण गरेर लगेकोे अन्तर्राष्टिय संचारमाध्यमहरुले जनाएका छन् ।

स्थानिय प्रहरीका अनुसार बंदूकधारीहरुको समुहले नाइजर राज्यकोे कसुअवान–दाजी गाउँमा घुसेर अन्धाधुन्ध गोली चलाउँदा यति ठुलो मानवीय हताहती भएको हो ।

उनीहरुले गाउँलेका धेरै घरहरु पनि जलाइदिएको बताइएको छ । स्थानीय अधिकारीहरुका अनुसार अहिलेसम्म ३७ जनाको शव फेला परेको छ भने धेरै अपहरणमा परेकाले मृतकको संख्या बढ्न सक्ने जनाइएको छ ।

प्रहरीले हराएकाहरुको खोजतलाश व्यापक रुपमा गरिरहेको बताएको छ ।