Logo २२ पुस २०८२, मंगलबार | Tue Jan 6 2026


महिला टी–२० टिम घोषणा


169
Shares

काठमाडौं ।

यही पौष २८ देखि माघ १८ सम्म हुने आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटका लागि नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले आईतबार इन्दु वर्माको कप्तानीमा १५ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो ।

त्रिवि मैदान कीर्तिपुरमा हुने खेलका लागि क्यानले दोस्रो चरणको बन्द प्रशिक्षण क्याम्पमा २० जना खेलाडीबाट अन्तिम १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।

टोलीको उपकप्तानमा पूजा महतो तथा अन्य खेलाडीमा रुविना क्षेत्री, सिता रानामगर, विन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ, कविता जोशी, कविता कुँवर, रचना कुमारी चौधरी, लगायत खेलाडी रहेका छन् । नेपालले छनोटको पहिलो खेल माघ ४ गते थाइल्यान्डसँग खेल्ने छ । छनोटका खेलहरू त्रिवि मैदान र मुलपानी क्रिकेट मैदानमा हुने छ ।

छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ । यस समूहमा स्कटल्यान्ड, थाइल्यान्ड, जिम्बाब्वे र नेदरल्यान्ड्स रहेको छ । १० देशको सहभागिता रहने छनोट खेलको समूह ‘ए’ मा बङ्गलादेश, आयरल्यान्ड, पपुवा न्युगिनी पिएनजी, नामिबिया र अमेरिका रहेको छ ।

नेपालले दोस्रो खेल माघ ८ मा नेदरल्यान्ड्स, माघ १० मा जिम्बावे र अन्तिम खेल १२ माघमा स्कटल्यान्डसँग खेल्ने छ । छनोट खेलको शीर्ष चार टोलीले सन् २०२६ को जुन १२ देखि जुलाई ५ तारिखसम्म इङल्यान्ड र वेल्समा हुने आइसिसी महिला टी–२० विश्वकपमा छनोट हुने छन् । छनोट अघि नेपालले आयरल्यान्ड र अमेरिकासँग अभ्यास खेल खेल्ने क्यानले जनाएको छ ।