Logo २२ पुस २०८२, मंगलबार | Tue Jan 6 2026


नेपाली बजारमा सुनचाँदीको मूल्य उच्च बिन्दुमा

सुनप्रतितोला कतिमा हुँदैछ काराेबार ?

1.3k
Shares

काठमाडाैं। नेपाली बजारमा साेमबार सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले साेमबार सुन प्रतितोला २ लाख ६५ हजार रूपैयाँमा कारोबार भइरहेको जनाएकाे हाे।आइतबार सुनप्रतितोला २ लाख ६० हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४ हजार ६ सय रूपैयाँ बढेको हो।

त्यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ। आइतबार तोलामा ४ हजार ५ सय रूपैयाँमा कारोबार भएको चाँदी सोमबार ४ हजार ६ सय ८५ रूपैयाँमा कारोबार भइरहेको हाे। साेही मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १ सय ८५ रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा साेमबार सुनप्रतिऔंस ४ हजार ४ सय ९ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।