Logo १४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026


राष्ट्रियसभा निर्वाचनमा पार्टीले अन्य राजनीतिक दलसँग गठबन्धन गर्छ: नेता सिटौला

'राष्ट्रिय सभामा एक्लै जाँदा परिणाम शून्य आउने खतरा'

1.1k
Shares

काठमाडाैं। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आगामी राष्ट्रिय सभा निर्वाचनमा पार्टीले अन्य दलहरूसँग तालमेल गर्ने बताउनुभएकाे छ।

उहाँले यसकाे बारेमा पार्टी सभापति शेरबहादुर देउवाको निवासमा साेमबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काले जानकारी गराएको बताउनुभएकाे हाे। साेही विषयमा केन्द्रीय कार्यसम्पादन समिति बैठकमा साेमबार छलफल गरेर निर्णयमा पुगिने उहाँले बताउनुभयाे। काठमाडौंमा साेमबा संचारकर्मीसँग कुरा गर्दै नेता सिटौलाले पार्टीले राष्ट्रिय सभामा गठबन्धन गरी जाने बताउनुभयाे। राष्ट्रिय सभा निर्वाचन आगामी माघ ११ गते हुने भएकाे छ।

कांग्रेसले एक्लै जित्ने अवस्था नदेखिएकोले तालमेल गर्न लागिएको उहाँको भनाइ छ। उहाँले फागुन २१ गतेको प्रतिनिधि सभा चुनावमा भने कांग्रेसले कसैसँग पनि गठबन्धन नगर्ने बताउनुभयाे। राष्ट्रिय सभामा एक्लै जाँदा परिणाम शून्य आउने खतरा हुने भएका कारण तालमेल गर्न लागिएको नेता सिटाैलाले बताउनुभयाे।