Logo २२ पुस २०८२, मंगलबार | Tue Jan 6 2026


काठमाडौं उपत्यकाका ३ वटा मालपोत कार्यालयका प्रमुख परिवर्तन


1k
Shares

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका ३ वटा मालपोत कार्यालयका प्रमुख परिवर्तन गरेकाे छ ।

सरकारले ललितपुर मालपोत कार्यालयका प्रमुख अशोककुमार भट्टराई, भक्तपुरका माधव घिमिरे र काठमाडौंको चाबहिलका दीपेन्द्र खत्रीलाई सरुवा गरेकाे हाे। सरकारले उनीहरुलाई सामान्य प्रशासन मन्त्रालयमा तानेको छ । भूमि, सहकारी तथा गरिबी निवारणमन्त्री प्रा.डा. कुमार इङनामले केही समयअघि छड्के अनुगमन गर्नुभएकाे थियाे। त्यसक्रममा कार्यालय प्रमुखहरुले बिचौलियाहरुसँग साँठगाँठ गरेको आरोप लगाउँदै हटाएका हुन् ।

उनीहरुलाई केपी शर्मा ओली नेतृत्वका सरकारका मन्त्री बलराम अधिकारीको पालमा कार्यालय प्रमुखका रुपमा ती कार्यालयमा सरुवा गरिएकाे थियाे । वर्तमान सरकारले भने हटाएको हो । उपत्यकाका यी कार्यालयहरुमा बिचौलियाको बिगबिगी हुने गरेको र त्यसमा कर्मचारीहरुको संलग्नता हुने गरेको गुनासो आउने गरेको मन्त्रालय स्रोत जनाएकाे छ।