२० आश्विन २०८१, आइतबार | Sun Oct 6 2024


सडक सञ्जाल विस्तारसँगै पाल्पाका किसान टमाटर खेतीबाट आम्दानी बढाउँदै


0
Shares

पाल्पा, असोज ८ । पाल्पाका किसानहरुले व्यावसायिक टमाटर खेतीबाट राम्रो आम्दानी लिन सफल भएका छन् ।

गाउँपालिकाहरुले आर्थिक तथा प्राविधिक सहयोग गरेपछि कृषकहरु व्यावसायिक टमाटर खेतीतर्फ लागेका हुन् । परम्परागत खेतीको तुलनामा दोब्बर आम्दानी हुने भएपछि कृषकहरुको लागि टमाटर खेती मुख्य नगदे बालीको रुपमा परिणत भएको छ ।

पाल्पाका रैनादेवी छहरा, मदनपोखरा, मस्याम लगायतका गाउँमा प्रशस्त टमाटर खेती हुने गर्दछ । गाउँसम्म सडक सञ्जालको विस्तार भएपछि उत्पादित टमाटर पोखरा, चितवन रुपन्देहीको बुटवल र स्थानीय बजारमा विक्री गर्दै आएको कृषकहरु बताउँछन् ।

टमाटर खेतीबाट वार्षिक रुपमा ५ लाख रुपैयाँसम्म आम्दानी गर्न सफल भएको कृषकहरुले बताएका छन् ।