Logo २१ पुस २०८२, सोमबार | Mon Jan 5 2026


यमनमा साउदी सेनाकाे आक्रमणमा परी ८० जना सैनिककाे मृत्यु, १५२ घाइते


4.2k
Shares

एजेन्सी । यमनको पृथकतावादी दक्षिणी संक्रमणकालीन परिषद (एसटिसी)का करिब ८० जना सैनिककाे मृत्यु भएकाे छ।

गत शुक्रबारदेखि साउदी अरबको सहयोगप्राप्त सेनासँगको लडाई र आक्रमणमा मारिएका समूहका एक सैन्य अधिकारीले ८० जनाकाे मृत्यु भएकाे बताएका हुन्। संयुक्त अरब इमिरेट्स समर्थित एसटिसी बलका ८० जनाकाे मृत्यु , १ सय ३० जनालाई बन्धक बनाइएको र १ सय ५२ सदस्य घाइते भएकाे सैनिक अधिकारीले बताएका हुन् । साउदी समर्थित सेनाले शुक्रबार युएई समर्थित एसटिसीले कब्जा गरेको भू-भाग फिर्ता लिन अभियान शुरु गरेको छ ।

रियाद र अबु धाबीको समर्थन प्राप्त सेनाहरूबीच प्रभुत्वको लागि भएको संघर्षले दुई खाडी सहयोगीहरूबीचको दरार गहिरो बनाएको हाे।