काठमाडाैं ।
हेटौंडा- मकवानपुरको भीमफेदी गाउँपालिकाको जुरीखेतमा आइतबार साँझ जिप दुर्घटना भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना १ ज १७७८ नम्बरको टाटासुमो जिप सडकबाट करिब एकसय मिटर तल खोल्सामा खसेको छ।
प्रहरीका अनुसार जिपमा सवार ९ मध्ये ६ पुरुष, १ महिला, १ बालिका र १ बालक घाइते भएका छन्। घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ भने बालक र बालिकाको अवस्था मध्यम छ।
इलाका प्रहरी कार्यालय भीमफेदीले घटनास्थलबाट सबै ९ घाइतेलाई उद्दार गरी हेटौंडातर्फ उपचारका लागि पठाएको छ।





प्रतिक्रिया दिनुहोस्