Logo २१ पुस २०८२, सोमबार | Mon Jan 5 2026


बालेन र कुलमान पक्षलाई समेट्न रास्वपाले थप्यो पदाधिकारी


1.1k
Shares

काठमाडाैं ।

राष्ट्रिय स्वतन्त्र पार्टीले पद मिलान गर्न चार वटा पदाधिकारीको पद थप गर्ने निर्णय गरेको छ ।

आइतवार पार्टी केन्द्रिय कार्यालयमा बसेको केन्द्रिय समिति बैठकले उपसभापति महामन्त्री, सहमहामन्त्री र सहप्रवक्ता एक–एक पद थप गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।

उहाँकाअनुसार उज्यालो नेपाल पार्टी र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहसँग एकतापश्चात पदीय समायोजनका लागि चार जना पदाधिकारीको पद थप गरिएको हो । झाले विवेकशीलसँग पार्टी समायोजन पछि आएकामध्ये ७ जनालाई केन्द्रीय समितिमा मनोनयन गर्ने निर्णय समेत गरेको छ ।

मनोनयन भएका सदस्यहरूमा समीक्षा बाँस्कोटा, प्रकाशचन्द्र परियार, सुरज प्रधान, नवराज थापा, आशुतोष प्रधान, धनेज थापा, रञ्जु दर्शना रहनुभएको छ । उहाँले भन्नुभयो, विवेकशील पार्टी रास्वपासँग एकीकरण भएपश्चात त्यो पार्टीको नेतृत्व तहमा रहनुभएका सात जनालाई आजदेखि केन्द्रिय समितिमा मनोनित गरेका छौँ । त्यस्तै पार्टीको समायोजनको बाँकी प्रक्रिया र प्रत्यक्ष निर्वाचन प्रक्रियाका लागि पार्टी उपसभापति डा.स्वर्णिम वाग्लेको नेतृत्वमा प्रत्यक्ष निर्वाचनको तयारीका लागि कार्यदल गठन गरेका छौँ ।

पार्टी समायोजन प्रक्रियाको थप प्रक्रिया अगाडि बढाउनको लागि पार्टी महामन्त्रीज्यूको नेतृत्वमा दुईवटा कार्यदल पनि गठन भएको छ । त्यस्तै, पार्टीमा थप दलहरु समेत आवद्ध भएको अवस्थामा दुई जना उपसभापति एक जना महामन्त्री, एक जना सहमहामन्त्री र एक जना सहप्रवक्ता थप्ने निर्णय पनि केन्द्रीय समितिले पास गरेको छ ।’

उहाँले पार्टीको समायोजनको बाँकी प्रक्रिया र प्रत्यक्ष निर्वाचन प्रक्रियाको कामहरु अगाडि बढाउनको लागि पार्टी उपसभापति डा.स्वर्णिम वाग्लेको नेतृत्वमा कार्यदल समेत गठन गर्ने निर्णय गरेको बताउनुभयो ।