Logo ८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026


होटल हिमालयमा अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा दुई फरक सांगीतिक कार्यक्रम


104
Shares

काठमाडौं ।

अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा होटल हिमालयले पाहुनाको फरक–फरक रुचिलाई लक्षित गर्दै दुई विशेष कार्यक्रम आयोजना गरेको छ। होटलले शान्त र संगीतमय माहोलदेखि लिएर मनोरञ्जन र खानपानले भरिएको भव्य उत्सवसम्मको विकल्प उपलब्ध गराएको जनाएको छ।

होटलको क्याफे होराइजनमा आयोजित कार्यक्रममा शालीन र आरामदायी वातावरणमा प्रत्यक्ष गायन प्रस्तुत गरिएको थियो। शान्त वातावरणमा संगीतको आनन्द लिन चाहने पाहुनालाई लक्षित गर्दै कार्यक्रम आयोजना गरिएको होटलले जनाएको छ।

त्यसैगरी, हिमालय ग्रान्ड बलरुममा प्रतिक्षा डंगोलद्वारा सञ्चालित नयाँ वर्षको पूर्वसन्ध्या कार्यक्रममा म्याजेस्टी केटिएम ब्याण्डको विशेष प्रत्यक्ष प्रस्तुति रहेको थियो। कार्यक्रममा साल्सा, बेली डान्स, बलिउड तथा नेपाली नृत्यसहित विविध सांस्कृतिक प्रस्तुति प्रदर्शन गरिएको थियो। सहभागी पाहुनाका लागि अन्तरराष्ट्रिय बुफे डिनरको समेत व्यवस्था गरिएको थियो।


कार्यक्रमलाई थप आकर्षक बनाउन हवाई टिकटसहित विभिन्न ढोका पुरस्कारको व्यवस्था गरिएको थियो, जसले उत्सवलाई अझ रोमाञ्चक बनाएको सहभागीहरूले बताएका छन्।

पाहुनालाई आफ्नै रुचिअनुसार नयाँ वर्षको उत्सव मनाउने अवसर प्रदान गर्ने उद्देश्यले दुई फरक सांगीतिक कार्यक्रम आयोजना गरिएको होटल हिमालयले जनाएको छ। होटलले संगीत, खानपान र मनोरञ्जनलाई एउटै उत्सवअन्तर्गत समेट्दै नयाँ वर्षको पूर्वसन्ध्यामा पाहुनालाई विविध र स्मरणीय अनुभव प्रदान गरेको जनाएको छ।