Logo २१ पुस २०८२, सोमबार | Mon Jan 5 2026


जाँचबुझ आयोगद्वारा ओलीलाई बयानका लागि पत्र


1.5k
Shares

काठमाडौं ।

जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ।

आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान सकिएपछि पूर्वप्रधानमन्त्री ओलीलाई आयोगमा उपस्थित भई बयान दिन पत्राचार गरेको हो। आयोग स्रोतका अनुसार आन्दोलनका बेला सरकारको भूमिका, सुरक्षा निकायको परिचालन तथा निर्णय प्रक्रियाबारे स्पष्टता लिन ओलीसँग बयान लिन आवश्यक ठानिएको हो।

यसअघि आयोगले तत्कालीन गृहमन्त्री, प्रधानसेनापति नेपाल प्रहरीका वर्तमान तथा पूर्वप्रमुख, सशस्त्र प्रहरी बलका प्रमुख, काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) तथा काठमाडौं प्रहरी परिसरका तत्कालीन प्रमुखलगायतसँग बयान लिइसकेको छ।

जेनजी आन्दोलनका क्रममा भएका घटनामा सुरक्षा संयन्त्रको भूमिका, आदेश–निर्देशनको श्रृंखला र राजनीतिक तहबाट भएका निर्णयबारे आयोगले तथ्य संकलन तथा विश्लेषण गरिरहेको छ। आयोगले आवश्यक सबै पक्षको बयान तथा प्रमाण संकलनपछि प्रतिवेदन सरकारलाई बुझाउने तयारी गरिरहेको जनाएको छ।