Logo ८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026


निर्वाचन आयोगलगायतका सरकारी कार्यालयका वेबसाइट ह्याक गर्ने दुईजना पक्राउ


546
Shares

काठमाडौं ।

विभिन्न सरकारी कार्यालयका वेबसाइट ह्याक गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाका सन्तोष चिमरिया र सन्तोष पौडेल रहेका छन्।

प्रहरीको साइबर ब्युरोको टोलीले उनीहरूलाई झापाबाट नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार उनीहरूले निर्वाचन आयोग, राष्ट्रिय पञ्जीकरण विभाग, नेपाल मेडिकल काउन्सिललगायतका सरकारी कार्यालयका वेबसाइटमा अवरोध पुर्‍याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।