Logo १० फाल्गुन २०८२, आइतबार | Mon Feb 23 2026


कांग्रेसकाे पदाधिकारी बैठक आज बस्दै

बैठकमा महाधिवेशन विवाद समाधानकाे बारेमा छलफल गरिंने

1.4k
Shares

काठमाडौं । नेपाली कांग्रेसकाे पदाधिकारीकाे बैठक आइतबार बस्ने भएकाे छ।

साेही बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार दिउँसो २ बजे बस्ने सहमहामन्त्री महेन्द्र यादवले बताउनुभएकाे हाे। आगामी वैशाख २८ देखि ३१ गतेसम्म १५ औं महाधिवेशन गर्ने निर्णय कार्यसम्पादन समिति बैठकले गरेपछि देखिएको विवाद समाधानको उपाय खोज्न कांग्रेसले पदाधिकारीकाे बैठक राख्ने भएकाे छ। यहि पुस २६ देखि २८ गतेसम्म तोकिएको पार्टीको महाधिवेशनको कार्यतालिका अनुसार काम नभएपछि शुक्रबार बसेको कार्यसम्पादन समितिकाे बैठकले महाधविेशनको मिति सारेर आगामी वैशाख २८ देख ३१ गतेसम्म काठमाडौंमा गर्ने निर्णय बहुमतले गरेको थियाे ।

साेही निर्णयमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री फरमुल्लाह मन्सुर तथा कार्यसम्पादन समिति सदस्यद्वय अर्जुननरसिंह केसी र ऊमा रेग्मीले फरक मत राखेका छन्। त्यतिमात्रै होइन महामन्त्री थापाले त कार्यसम्पादन समिति बैठकपछि पुस मसान्तभित्र पार्टीको विशेष महाधिवेशन गरेरै छोड्ने घोषणा गर्नुभयाे।

कांग्रेसका २ हजार ४८८ महाधिवेशन प्रतिनिधिले गत असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएका थिए । कांग्रेस विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर बुझाएको ३ महिनामा विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था रहेकाे छ ।

त्यहीं व्यवस्था अनुसार विशेष महाधिवेशन बोलाउनु पर्ने महामन्त्री थापाको भनाइ छ । तर, संस्थापन पक्षले भने मंसिर १५ गते नियमित महाधिवेशनको मिति तोकिएपछि विशेष महाधिवेशन माग गरेका हस्ताक्षर निष्क्रिय भइसकेको दावी गरेकाे छ।

Skip This