Logo २२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026


चितवनमा ‘ब्लु बस’ सेवा बन्द नभएकाे रास्वपाकाे दावी (विज्ञप्तिसहित)


559
Shares

काठमडाैं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवनले क्षेत्र-२ मा सञ्चालनमा रहेको ‘ब्लु बस’ सेवा बन्द नभएको बताएको छ ।

रास्वपा चितवनका सभापति कृष्ण प्रसाद भुसालले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै ब्लु बस सेवा बन्द नभई मर्मतका लागि केही दिन रोकिएको दावी गर्नुभएकाे हाे। मर्मत कार्य सम्पन्न गरी केही दिनभित्रै बस पुनः सञ्चालनमा ल्याइने उहाँले बताउनुभयाे ।

सभापति रवि लामिछानेले आफ्नो निर्वाचन क्षेत्रका महिलाहरूलाई सहज र निःशुल्क यातायात सेवा प्रदान गर्ने उद्देश्यले साेही बस सञ्चालनमा ल्याउनुभएकाे थियाे।