Logo २१ पुस २०८२, सोमबार | Mon Jan 5 2026


इजिप्टद्वारा सन् २०२५ मा १ करोड ९० लाख पर्यटक भित्र्याएर नयाँ रेकर्ड कायम


195
Shares

एजेन्सी। इजिप्टले सन् २०२५ मा करिब १ करोड ९० लाख पर्यटक भित्र्याएर नयाँ रेकर्ड कायम गरेको छ।

पर्यटन तथा पुरातत्व मन्त्री सरिफ फाथीले जुन अघिल्लो वर्षको तुलनामा २१ प्रतिशतले बढी भएकाे बताउनुभएकाे हाे । फाथीले यो वृद्धिको श्रेय सुरक्षा र स्थिरता, स्पष्ट विकास रणनीति र पर्यटन उत्पादनहरू विविधीकरण गर्ने तथा सेवाको गुणस्तर सुधार गर्ने बताउनुभएकाे छ। कायरो, हुरघाडा, शर्म अल–शेख र मार्स आलम देशका सबै भन्दा व्यस्त विमानस्थलहरू थिए । जसले इजिप्टका आकर्षणहरूको भौगोलिक विस्तारलाई प्रतिविम्वित गर्दछ । उहाँले विश्वका १ सय ९३ सहरहरूबाट पर्यटक उडानहरू आएको पनि बताउनुभयो ।

सन् २०२५ मा चार्टर उडान ट्राफिक ३२ प्रतिशतले बढेको छ । जसमा न्यू अलामेन सिटी चार्टर उडानहरूमा ४५० प्रतिशतको वृद्धिसँगै तीव्र गतिमा बढ्दै गरेको गन्तव्यको रूपमा उभिएको छ । रेमिट्यान्स, सुएज नहरको आम्दानी र निर्यातका साथै पर्यटन इजिप्टको वैदेशिक मुद्राको प्रमुख स्रोत हो । सन् २०२४ मा १ करोड ५७ लाख पर्यटकबाट १५ दशमलव ३ अर्ब अमेरिकी डलर आर्जन गरेपछि यस क्षेत्रले निरन्तर सुधार गरिरहेको छ ।