Logo २१ पुस २०८२, सोमबार | Mon Jan 5 2026


समानुपातिक उम्मेदवारीको बन्दसूची सच्याउन ३ सदस्यीय कार्यदल बनाउन रास्वपा सहमत


2k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारीको बन्दसूची सच्याउने लगायत प्राविधिक विषय मिलाउन तीन सदस्यीय कार्यदल बनाउने भएको छ ।

शनिबार राति केन्द्रीय कार्यालय बनस्थलीमा सकिएको त्रिपक्षीय बैठकमा समानुपातिक उम्मेदवारीको बन्दसूची सच्याउन कार्यदल बनाउने सहमति भएको हो । प्राविधिक विषय मिलाउनका लागि रास्वपाका सहमहामन्त्री विपिन कुमार आचार्यको नेतृत्वमा सुदीप ढकाल र अनिल घिसिङ रहेको स्रोतको दावी छ ।

त्यस्तै, संगठानात्मक संरचना मिलाउन र नेताहरूको व्यवस्थापन मिलाउनका लागि सङ्गठन विभाग उपप्रमुख बोधनारायण श्रेष्ठको नेतृत्वमा ७ सदस्य समिति बनाउने सहमति भएको छ। त्यसमा कुलमान घिसिङ र बालेन्द्र शाह समूहले नाम पठाएपछि काम शुरु हुने स्रोतले जनाएककाे हाे ।

रास्वपाले आयोगमा बुझाएको ११० जनाको बन्दसूचीमा उज्यालो नेपाल पार्टी (उनेपा)को जम्मा १४ जना मात्र परेपछि असन्तुष्टि चुलिएको थियो । त्यस्तै, यहि पुस १४ गते भएको ७ बुँदे सहमतिमा संघीयता र धर्मनिरपेक्षताको विषयमा पनि उनेपाका नेताहरूले प्रश्न उठाएका थिए ।