Logo २१ पुस २०८२, सोमबार | Mon Jan 5 2026


एमालेबाट धनुषा-३ मा महतो एकल सिफारिस


637
Shares

काठमाडाैं । नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट पूर्वमन्त्री जुलीकुमारी महतोको नाम एकल रूपमा सिफारिस गरेको छ ।

शनिबार बसेको नेकपा एमाले धनुषा क्षेत्र नम्बर ३ को क्षेत्रीय कमिटी बैठकले महतोको नाम सर्वसम्मत रूपमा सिफारिस गर्ने निर्णय गरेको हो । महतो २०७९ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पनि साेही क्षेत्रबाट निर्वाचित हुनुभएकाे थियाे ।

एमाले धनुषा जिल्ला अध्यक्ष भोला यादवले धनुषा क्षेत्र नम्बर २, ३ र ४ का उम्मेदवार टुंगाे लागिसकेको जानकारी दिनुभयाे। क्षेत्र नम्बर १ को उम्मेदवार आइतबारसम्म टुंगाे लाग्ने समेत उहाँकाे भनाइ छ।