Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


प्रिमियर लिग फुटबलमा एस्टन भिल्ला दोस्रो स्थानमा उक्लियाे

बर्नमाउथलाई पराजित गर्दै आर्सनल शीर्ष स्थानमा यथावत

143
Shares

काठमाडाैं। इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्ला दोस्रो स्थानमा उक्लिएको छ।

शनिबार राति भएको खेलमा नटिङघम फरेस्टलाई ३–१ गोलले पराजित गर्दै ४२ अंकका साथ एस्टन भिल्ला दोस्रो स्थानमा उक्लिएको हो । यो जितसँगै भिल्लाले घरेलु मैदानमा सबै प्रतियोगितामा लगातार ११औँ जित निकालेको छ । जुन क्लबको कीर्तिमान बराबर हो ।

त्यस्तै, शनिबार राति भएको अन्य खेलमा ब्राइटनले बर्नलीलाई २–० तथा उल्भ्सले वेस्टह्यामलाई ३–० गोलले पराजित गरेकाे छ ।शीर्ष स्थानमा रहेको आर्सनलले बर्नमाउथलाई ३–२ गोलले पराजित गरेकाे हाे । आर्सनलको ४८ अंक रहेको छ ।