Logo २१ पुस २०८२, सोमबार | Mon Jan 5 2026


कोशीसहित ३ प्रदेशमा दिउँसाे र राति वर्षा-हिमपातको सम्भावना

तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरोका कारण जनजीवन प्रभावित

2k
Shares

काठमाडाैं। हाल देशैभरी पश्चिमी वायूको प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

त्यस्तै, आइतबार दिउँसो भने तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने भएकाे हाे। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी-हिमाली भू‍-भागमा आंशिक बदली हुने भएकाे छ। साथै बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने भएकाे छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे हाे।

त्यस्तै, आइतबार राति भने तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु लाग्ने भएकाे छ। कोशी प्रदेशका पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बदली हुने भएकाे हाे। साथै बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने भएकाे छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा-हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएकाे हाे।